११ वटा शर्तसहित सरकारमा जाने राप्रपाको निर्णय

लोकपथ
266
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पाटीले सर्तसहित सरकारमा जाने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समितिको बैठकले शर्तसहित सरकारमा जाने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले लोकपथलाई जानकारी दिए ।

राष्ट्रियता, स्वाधीनता, विकास, सुशासन र सेवा प्रवाहसम्बन्धी विषयहरुमा पार्टीका एजेण्डा सरकारका न्युनतम साझा कार्यक्रममा राख्न शर्त राखेको श्रेष्ठले बताए ।

पुष २७ गते राष्ट्रिय एकता दिवसका रुपमा मनाइनुपर्ने, यसअघि मन्त्रीपरिषद्ले गरेका निर्णय अख्तियारले छानबिन गर्नुपर्ने, कृषि मल कारखाना नेपालमै स्थापना गर्नुपर्ने, पृथ्वी नारायण शाहको तस्बिर अंतिक नोट सार्वजनिक गरिनुपर्ने,  लगायतका ११ वटा माग सहित सरकारमा सहभागि हुन लागेको श्रेष्ठले बताए ।

यी शर्तहरुमा सहमत भए राप्रपा सरकारमा सहभागी हुने निर्णय भएको छ । बैठकमा लामो छलफल हुँदा अधिकांश नेताहरूले सरकारमा गएर आफ्नो एजेण्डा स्थापित गर्नेतर्फ लाग्नुपर्ने सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?