माधव नेपाललाई मनाउन एमालेका नेताहरुको सक्रियता

लोकपथ
84
Shares

काठमाडौं । एकीकृत समाजवादीका नेता माधवकुमार नेपाललाई एमालेमा फर्काउन एमाले नेताहरुले सक्रियता देखाएका छन् ।

सो क्रममा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले अध्यक्ष नेपाललाई भेटेका छन् । बुधबार बिहान नेपाल निवास कोटेश्वरमा पुगेर बस्नेतले भेटेका हुन् ।

गठबन्धनमा आवद्ध दल माओवादीले गठबन्धनबाट बाहिरिएर एमालेसहितका दलहरुसँग मिली सरकार गठन गरेसँगै असन्तुष्ट रहेका नेपाललाई समेत सरकारमा ल्याउने तयारी भइरहेको छ ।

नेता बस्नेतले भेटघाटको क्रममा नेपाललाई पार्टीमा फर्किन आग्रह गरेका थिए । नेपालले गठबन्धनबाट छुट्टिएर प्रचण्डले सरकार गठन गरेकोप्रति असन्तुष्टि जनाए पनि एमालेसँग मिल्ने विषयमा कुनै पनि प्रतिक्रिया दिएका छैनन् ।

आजै प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत नेपालसँग भेटघाट गरी सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए । नेपाल सकारात्मक रहेको संकेतपछि नेताहरुले उनलाई सरकारमा र एमालेमै ल्याउन समेत पहल गरिरहेका छन् ।

त्यसो त एमाले शीर्ष नेताहरुले बारम्बार नेपाललाई पुरानो पार्टीमा फर्किन आग्रह गरिरहेका छन् । एमालेबाट छुट्टिएपछि एमालेसँग तिक्ततापूर्ण सम्बन्ध रहेको अवस्थामा नेताहरुले भेटघाट गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?