जसपा संसदीय दलको नेतामा रामसहायप्रसाद यादव चयन

लोकपथ
28
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा रामसहायप्रसाद यादव चयन भएका छन् । जसपाको संसदीय दलको नेतामा अशोक राईले दाबी गरिरहे पनि अध्यक्ष उपेन्द्र यादवका विश्वासपात्र मानिएका यादव चयन भएका हुन् ।

प्रतिनिधिसभामा जसपाका १२ सांसद रहेका छन् । अध्यक्ष उपेन्द्र यादव गत मंसिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा पराजित भएपछि दलको नेताका रुपमा सङ्घीय परिषद् अध्यक्ष अशोक राई र राजकिशोर यादवको दाबी गरेका थिए । जसपा संसदीय दलको नेताका लागि यादवको एकल उम्मेदवारी परेपछि उनी सर्वसम्मत चयन भएका हुन् ।

जसपाले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे राजनीतिक समितिको बैठकपछि मात्र निर्णय गर्ने जनाएको छ । यही पुस १८ र १९ गते राजनीतिक समितिको बैठकपछि मात्रै सो विषयमा निर्णय हुने जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?