काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन् ।
बालकोटबाट ओली भर्खरै प्रचण्ड निवास खुमलटार पुगेको ओलीका प्रेस संयोजक रामशरण बजगाईले बताए ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड सरिनसकेकाले ओली खुमलटार पुगेका हुन् ।

नेकपा विभाजन भएपछि पहिलो पटक ओली प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् ।
ओली प्रचण्डवीच मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुने स्रोतले जनाएको छ । तत्कालिन नेकपा खेमालाई समेत जोड्नेगरी प्रचण्डले प्रयास थालेका छन् ।

त्यसै अनुरुप बुधबार बिहान नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रचण्डले भेटेका थिए ।
नेपाललाई सरकारमा सहभागी गराउने विषयमा छलफल भएको बताएको छ ।
खुमलटारमा नेपाललाई समेत बोलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया