काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत लिन नै कठिन हुने दावी गरेका छन् ।
कांग्रेसजस्तो लचिलो पार्टीलाई त मिलाएर जान नसक्ने प्रधानमन्त्री दाहालले ७ वटा राजनीतिक पार्टीहरुलाई मिलाएर विश्वासको मत लिन कठिन हुने उनका तर्क छ । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता विश्वकर्माले ३० दिन भित्र विश्वास मत लियो भने दाहाल नेतृत्वको सरकार २ वर्षसम्म चल्ने अनुमान समेत गरे । संघीयतानै नचाहिने राष्ट्रिय स्वतन्त्र पार्टी, राजा आउ भन्ने राप्रपालगायतका राजनीतिक दलहरु रहेको वर्तमान गठबन्धन सरकार टिक्न गाह्रो हुने पनि उनले बताए ।
नेता विश्वकर्माले भने, ‘अव उहाँसँगको सिट संख्याले अहिले त १६९ पुगेको छ । तर त्यो १६९ को आधारहरु हेर्ने हो भने सात वटा दल छन । ७ वटा दलको दावी त बाहिर आएकै छैन । त्यो दावी सुन्नै पाएका छैनौं । भर्खरै सुने–राष्ट्रिय प्रजातन्त्र पार्टीले हाम्रा पनि केही सर्तहरु छन । ती सर्त पूरा हुने लक्षण देखिएमात्रै सरकारमा जान्छौं । उहाँहरुको राजा आऊ, देश बचाऊ होला । यसैगरी फेरी राष्ट्रिय स्वतन्त्र पार्टी त सरकारमा गईहाल्यो । अव उहाँहरुले प्रदेशमा उम्मेदवारी उठाउनु भएको छैन । किनभने उहाँहरुलाई प्रदेश सरकारप्रति विश्वास छैन । संघीयताप्रति भरोसानै छैन । यसको अर्थ उहाँलाई संघीयताप्रति विश्वास छैन । राप्रपालाई गणतन्त्रप्रति विश्वास छैन । अनि अरु दलहरुपनि त्यस्तैत्यस्तै क्षेत्रीय दलहरु छन । प्रचण्डजीले आफूलाई केन्द्रमा राखेर कांग्रेस जस्तो लचिलो पार्टी त मिलाउन सक्नु भएन भने यी सबै दलहरु कसरी मिल्लान र मिलेनन् भने हामीले चाहेको राजनीतिक स्थायित्व आउँछ कि आउँदैन ? ’
साथै उनले थपे, ‘राजनीतिक स्थायित्व आउनलाई निकै कठिन छ । त्यसैले मलाई यो ३० दिन भित्र विश्वासको मत लिनुपर्ने परिस्थिति हाम्रो संविधानले सुनिश्चित गरेको छ । ३० दिन भित्रको विश्वासको मतसम्म यो सरकार कसरी पुग्छ ? त्यसैले ३० दिन कट्यो भने सरकार राम्ररी २ वर्ष जान्छ । ’
नेता शर्माले नेपालमा राजनीतिक दलहरु फुटको चरणबाट अघि बढेको उल्लेख गर्दै अव एकतावद्ध भएर अघि बढनुको विकल्प नरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया