कांग्रेस एमाले मिल्ने कुरा गर्दा देउवा गैँडा जसरी सुतेर बस्नुभयो : सूर्य थापा

लोकपथ
112
Shares

काठमाडौं । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले एमाले र कांग्रेस मिलेर सरकार बनाउने कुरामा कांग्रेसले कुनै चासो नदेखाएको टिप्पणी गरेका छन् ।

मंगलबार काठमाडौंको एक कार्यक्रममा बोल्दै नेता थापाले आफूहरुले दुई ठूला दल मिलेर सरकार बनाउन चाहे पनि कांग्रेसले कुनै चासो नदेखाएको टिप्पणी गरे ।

उनले सरकार बनाउने कुरामा कांग्रेस सभापति शेरबहादुर देउवा गैँडा जसरी आनन्दले सुतेको भन्दै कटाक्ष गरे ।

‘मैले नेपाली कांग्रेसका नेताहरुसँग उहाँहरुसँग पनि एमाले कांग्रेस सरकार बनाउने विकल्पका बारेमा कुराकानी गरेँ । उहाँहरुले हुन्छ हुन्न सम्भव असम्भव केही कुरा गर्नु भएन । मैले त्यतिखेरका प्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवाको प्रतिक्रिया के होला बुझ्ने कोशिस गरेँ ।’ उनले भने, ‘उहाँ चाँही चितवनको गैँडाजस्तो सन्चो मानेर बस्नुभयो । कांग्रेस र एमालेको कुराचाँही एकदम अरन्य कुराहरु जस्तो मान्नुभयो ।’

त्यसैगरी एमाले माओवादीबीच ठूलो मतभेद रहे पनि प्रचण्ड ओली निवास बालकोटमा पुगेपछि पुराना कुरा फच्ची भएको बताए ।

‘प्रचण्ड बार्दलीमा पुगेर बोलेपछि पुराना कुरा फच्चे भयो ।’ थापाले भने ।

निर्वाचनपछि प्रचण्डलाई एमालेले बोकेर हिँडेमा आफूले नोट अफ डिसेन्ट लेख्ने बताए पनि प्रचण्ड बालकोट पुगेपछि सबै फच्चे भएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?