निलम्बित सांसद टेकबहादुर गुरुङलाई बैठकमा सहभागि नगराउने संसद सचिवालयको निर्णय

लोकपथ
49
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेका नेपाली कांग्रेसका निलम्बित सांसद टेक बहादुर गुरुङ्गलाई संसद बैठकमा सहभागि नगराउन संसद सचिवालयले निर्णय गरेको छ । विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा नम्बर ०७५–सीआर–०१६८ दायर भई विचाराधीन अवस्थामा रहेको अवस्थामा गुरुङ्गलाई बैठकमा उपस्थित नगराइने भएको हो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ मा भएको व्यवस्था बमोजिम ऐन अन्तर्गतको कसुरको आरोपको सम्बन्धमा कुनै व्यक्तिउपर भएको अनुसन्धान र तहकिकातबाट निजले सो कसूर गरेको हो भन्ने विश्वास गर्नुपर्ने मनासिब कारण भएमा अनुसन्धान अधिकारीले भ्रष्टाचार सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न प्रचलित कानुन बमोजिम अधिकार प्राप्त मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गर्नेछ भन्ने व्यवस्था रहेको छ भने सोही ऐनको दफा ३३ मा निजउपर दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्र सेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने व्यवस्था छ ।

प्रतिनिधिसभाका सदस्य सार्वजनिक पद धारण गरेको व्यक्ति र राष्ट्रसेवक रहेको भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २ (घ) र भ्रष्टाचार निवारण ऐन, २०५९को दफा २ (घ) ले स्पष्ट पारेको छ । अतः प्रतिनिधि सभाका सदस्य टेक बहादुर गुरुङ्ग उपरको मुद्दा विशेष अदालतमा विचाराधीन अवस्थामा रहेकोमा उक्त मुद्दा अन्तिम किनारा नभएसम्म स्वः निलम्बनमा रहने कानुनी व्यवस्था कार्यान्वयन गर्न गराउन सम्बन्धित निकायमा लेखि पठाउने भनि उक्त आयोगबाट मिति २०७९ पौष ८ गते भएको निर्णय भएको व्यहोरा उल्लेख गरि आयोगको प.सं. ०७९/०८०, च.नं.२७८२७, मिति २०७९ पौष ८ गतेको पत्र संसद सचिवालयमा प्राप्त हुन लागेको संघीय संसदका महासचिव डा. भरतराज गौतमद्वारा जारी पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?