काठमाडौं । केरुङ-काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययनको एक वर्षपछि चिनियाँ टोली विस्तृत सम्भाव्यता अध्ययनका लागि मंगलवार काठमाडौंमा आएको छ ।
उक्त रेलमार्गको सम्भाव्यता अध्ययनलगायतका विषयहरू अघि बढाउन चाइना रेलवे फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुपको ६ जना प्राविधिक टोली आएको रेल विभागका महानिर्देशक रोहित बिसुरालले जानकारी दिए ।
गत असोज २६ गते नेपालको राजकीय भ्रमणका आएका चीनका राष्ट्रपति सी चिनफिङले नेपाल–चीन सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन शुरू गरिने घोषणा गरेका थिए । सोहीअनुसार काठमाडौं–चीन जोड्ने काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ टोली काठमाडौं आएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया