काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीबाट पदमुक्त भएपछि प्रधानमन्त्रीको सरकारी निवास छाड्ने तयारी गरेका छन् ।
बुढानीलकण्ठस्थित देउवाको निजी निवास हाल निर्माण कार्य भइरहेकाले उनी भाडाको घरमा सर्न लागेका हुन् ।
धुम्बाराहीस्थित एक घर भेट्टाए पनि एग्रिमेन्ट र अन्य प्रबन्ध भइरहेको देउवाका प्रेस सल्लाहकार गोबिन्द परियारले लोकपथलाई जानकारी दिए ।
‘सम्भवतः भोलि बालुवाटार छाड्ने तयारी रहेको छ । भाडाको घर भेट्टाए पनि एग्रिमेन्ट र आवश्यक अन्य प्रबन्ध गर्ने काम भइरहेको छ ।’ परियारले लोकपथसँग भने ।
आज बेलुकासम्म एग्रिमेन्टसहित सबै प्रबन्ध मिलाइने उनले बताए ।
आकस्मिक रुपमा सत्ता गठबन्धन छुटेसँगै प्रतिपक्षमा पुगेका देउवा प्रधानमन्त्री पद गुमाउँदै सरकारी निवास बालुवाटार छाड्नुपर्ने अवस्थामा पुगेका हुन् ।
यसअघि उनी बस्दै बुढानीलकण्ठस्थित देउवाको निजी निवासमा मर्मत गर्न करिब ४ महिना लाग्ने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया