शपथ ग्रहण समारोहमा पूरा अवधि पनि बसेनन् देउवा

लोकपथ
140
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम नसकिँदै निस्किएका छन् ।

राष्ट्रपति भवन शितलनिवासमा आयोजित शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले शपथ लिइसकेपछि बधाई दिएर देउवा निस्किएका हुन् ।

देउवा निस्कँदा शितलनिवासमा उपप्रधानमन्त्री तथा मन्त्रीहरुको शपथ ग्रहण चलिरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?