Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

उपप्रधानमन्त्रीसहित गृहमा रवि, अर्थमा विष्णु र भौतिक पूर्वाधार मन्त्रालयमा नारायणकाजीको लाग्यो टुंगो

लोकपथ ११ पुस २०७९, सोमबार १६:०४
उपप्रधानमन्त्रीसहित गृहमा रवि, अर्थमा विष्णु र भौतिक पूर्वाधार मन्त्रालयमा नारायणकाजीको लाग्यो टुंगो
शेयर गर्नुहोस् Facebook

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने टुंगो लागेको छ । सोमबार बसेको सात दलीय गठबन्धनको बैठकमा लामिछानेलाई गृहमन्त्री, विष्णु पौडेललाई उपप्रधानसहित अर्थमन्त्री र नारायणकाजी श्रेष्ठलाई पनि उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाउने सहमति भएको हो ।

यसअघि गृह मन्त्रालयमा श्रेष्ठ र लामिछानेको दाबी गरेपछि टुंगोमा पुग्न गाह्रो भएको थियो । अन्ततः श्रेष्ठले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी लिन तयार भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको ।

आजै प्रधानमन्त्री, तीन उपप्रधानमन्त्रीसहित ८ मन्त्रीले शपथ ग्रहण गर्दैछन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।