काठमाडौं । कर्णाली प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्य विनोदकुमार शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का शाहले प्रदेश प्रमुख तिलक परियारबाट शपथ लिएका हुन् । शाह प्रदेशसभा सदस्यमध्ये ज्येष्ठ हुन ।
उनी दैलेख क्षेत्र नं २ को (२) बाट निर्वाचित भएका हुन् । शाहले शपथ लिइसकेपछि अरु सदस्यलाई शपथ गराउने कार्यक्रम आज नै रहेको छ । प्रदेशसभा सचिवालयका अनुसार आजै अपराह्न ३ बजे शपथको तयारी भइरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया