मन्त्रालयको भागबण्डाको विषयमा छलफल भइरहेको छ : डा. भट्टराई

लोकपथ
56
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथसँगै अन्य केही मन्त्रीहरुले पनि शपथ लिने बताएका छन् । अहिले सत्ता गठबन्धनकाे बैठक मन्त्रालयको भागबण्डाको विषयम सहमति जुटाउन बसेको उनले बताए ।

नयाँ बानेश्वरस्थित बैठकस्थल बसेको गठबन्धनको बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै भने ‘प्रधानमन्त्रीले आज शपथ ग्रहण गर्नुहुन्छ । गठबन्धनमा रहेका दलहरूबाट अहिले एकएक जना मन्त्री पठाउने कि बढी पठाउने भन्ने छलफल भइरहेको छ । टुंगिएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?