काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) रामेश्वरप्रसाद यादव बर्खास्त भएका छन् । भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरेपछि एसपी यादव बर्खास्तमा परेका हुन्।
२०७० सालमा यादव डीएसपी थिए । रुपन्देहीमा कार्यरत उनले आर्थिक अनियमितता गरेको भन्दै उनीविरुद्ध मुद्दा दर्ता भएको थियो। लागु औषध मुद्दामा पैसा लिएर मिलाएको पाइएको भन्दै अख्तियारले यादव र हवल्दार ढकबहादुर गुरुङविरुद्ध मुद्दा चलाएको थियो।
अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनीहरु दुबै जना निलम्बनमा परेका थिए । तर विशेष अदालतले सफाइ दिएपछि उनी पुनः सेवामा फर्किएका थिए।
विशेष अदालतकाे सफाइपछि सरकारी वकिल कार्यालयले पुनः सर्वोच्च अदालतमा मुद्दा दायर गराएकाे थियाे ।
सर्वोच्चले गत मंगलबार एसपी यादव र हवल्दार गुरुङलाई दोषी ठहर गरेको छ । दोषी ठहर भएसँगै उनी बर्खास्तमा परेका हुन् । सर्वोच्चले उनलाई सजाय निर्धारण भने गर्न बाँकी छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया