धमाधम पिच हुँदै धोबिखोला करिडोर

लोकपथ
28
Shares

काठमाडौं । सहरी विकास मन्त्री मेटमणि चौधरीको निर्देशनपछि धोबिखोला करिडोरको अधुरो काम धमाधम सुरु भएको छ । ‘करिडोरमा अवरोध हटाउन र अधुरा काम तत्काल अगाडि बढाउन मन्त्री चोधरीले निर्देशन गरे बमोजिम बाँकी काम अघि बढाइएको छ । अब छिट्टै नै धोबिखोला करिडोर सुधार आयोजनाको कामले अन्तिम रुप पाउने छ ।’ उपत्यका विकास प्रधिकरणका आयुक्त जानुका ढकालले भनिन् ।

नदी अतिक्रमण गरि बनाएका संरचना भत्काउन, जनता हिँड्ने फुटपाथमा अवरोध नगर्न र कालोपत्रे थप्नुपर्ने ठाउँमा तत्काल काम अगाडि बढाउन मन्त्री चौधरीले उपत्यका विकास प्रधिकारण र मातहतका निकायलाई अनुगमनका क्रममा निर्देशन दिएका थिए ।

‘बुद्धनगरको आर्क ब्रिजदेखि धोबि खोला करिडोरमा बाँकी रहेको काम पुरा हुँदैछ । जस अन्तर्गत १.५ कि.मी.बाटोमा ओभर लेयिङ् र केही मर्मतका काम हुँदैछ । रोड मार्क पेन्टिङ, रेलिङ्मा कलर लगाउने देखि नदी किनारमा रहेका विरुवाको संरक्षणसम्मका काम भइरहेका छन् ।’ उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालयका जिल्ला आयुक्त जगदिश लामिछानेले बताए ।

गत वर्ष बाँकी रहेको काम अब अन्तिम चरणमा रहेकोसमेत जिल्ला आयुक्त लामिछानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?