काठमाडौं । वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन शिक्षाध्यक्ष प्राध्यापक डाक्टर गुरु प्रसाद खनालको पदावधि गत असोज २६ गते समाप्त भए पश्चात रिक्त रहेको उक्त पदमा ईन्टर्नल मेडिसिन विभागका प्राध्यापक डाक्टर संजिव कुमार शर्मा नियुक्त भएका छन् ।
प्रतिष्ठानको ऐन, २०४९ को दफा ११ (ग) (१) बमोजिम प्रतिष्ठानका उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरीको सिफरिसमा प्रतिष्ठानका सहकुलपति माननीय स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङ्गले उनको नियुक्ती गरेका हुन ।
प्रतिष्ठानको शिक्षाध्यक्ष पदमा नियुक्त भएका प्राध्यापक डा.शर्माको कार्यकाल पुस ७ अर्थात आज बिहिवारदेखि लागू हुने गरी ५ वर्षका लागि हुनेछ । प्रा.डा.खनालको पदावधि समाप्ती पश्चात हालसम्म डीन, परीक्षा, प्रा.डा.श्याम थापा क्षेत्रीलाई निमित्त शिक्षाध्यक्षको अतिरिक्त जिम्मेवारी दिइएको थियो ।
त्यसैगरी, प्रतिष्ठानको ऐन, २०४९ को दफा ७ को उप(दफा (१) (ध) बमोजिम प्रतिष्ठानका शिक्षकहरु मध्यबाट उपकुलपतिको सिफारिसमा सहकुलपतिले स्कूल अफ पब्लिक हेल्थ एण्ड कम्यूनिटी मेडिसिनका प्रा.डा.निलाम्बर झा तथा माइक्रोबायोलोजी विभागका प्रमुख डा.नारायण राज भट्टराईलाई सञ्चालक परिषद् सदस्यमा मनोनित गरेका छन् । मनोनित भएका प्रा.डा.झा तथा डा.भट्टराईको कार्यकाल हिजो बुधवारदेखि लागू हुने गरी ४ वर्षका लागि हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया