काठमाडौं । आज डिसेम्बर २२ अर्थात पौष ७ गते । आज सन् २०२२ को सबैभन्दा छोटो दिन हो र आजको रात यस वर्षकै सबै भन्दा लामो रात हो । गत वर्ष डिसेम्बर २१ सबैभन्दा छोटो दिन र लामो रात भएको थियो ।
आज दिनमा १० घण्टा ४१ मिनेट मात्र रहनेछ भने रातको कुल अवधि १३ घण्टा १९ मिनेट हुनेछ । सूर्योदय देखि सूर्यास्त सम्मको समयलाई दिन भनिन्छ। आज सूर्य निर्धारित समयभन्दा अघि नै अस्ताउँछ । संसारका सबै देशमा यस्तो हुँदैन ।
यो खगोलीय घटना उत्तरी गोलार्धका देशहरूमा मात्र हुन्छ, जबकि दक्षिणी गोलार्धका देशहरूमा यसको उल्टो हुन्छ र त्यहाँ सबैभन्दा लामो दिन हुन्छ।

कारण के हो ?
खगोलीय घटनाबारे जानकारहरूका अनुसार पृथ्वीको सूर्यको परिक्रमाका कारण डिसेम्बर २२ मा सूर्य मकर राशिमा ठाडो हुनेछ । यस कारण, उत्तरी गोलार्धमा सबैभन्दा लामो रात र सबैभन्दा छोटो दिन हुनेछ।
वर्षकै सबैभन्दा लामो रात
वैज्ञानिकहरुका अनुसार २२ डिसेम्बरमा सूर्य कर्कट रेखाबाट मकर राशिमा अर्थात् उत्तरायणदेखि दक्षिणायनसम्म आउँछ । यस दिनदेखि पहाडी क्षेत्रमा हिमपात बढ्नेछ भने तराईमा चिसो बढ्ने छ ।
विन्टर सोलस्टिस

सबैभन्दा छोटो दिनलाई विन्टर सोलस्टिस पनि भनिन्छ । सोलस्टिस एक ल्याटिन शब्द हो जुन सेस्टेयर बाट आएको हो। ल्याटिन शब्द सोलको अर्थ सूर्य हो भने सेस्टेयरको अर्थ स्थिर हुनु हो। यसको अर्थ सूर्य स्थिर रहनु हो। यस दिन पृथ्वी झुकेको अक्षमा घुम्छ, जसका कारण वर्षको सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात हुन्छ।

यी देशहरूमा लामो दिन
दक्षिणी गोलार्धले बढी सूर्यको प्रकाश प्राप्त गर्दछ, जबकि उत्तरी गोलार्धले कम प्राप्त गर्दछ। जसका कारण उत्तरी गोलार्धमा रात लामो र दिन छोटो हुन्छ। सूर्य दक्षिणी गोलार्धमा लामो समयसम्म रहन्छ र यस क्षेत्रमा पर्ने देशहरूमा यो दिन सबैभन्दा लामो दिन हुन्छ। अर्जेन्टिना, अष्ट्रेलिया र दक्षिण अफ्रिका जस्ता देशहरूमा यो दिनबाट गर्मी शुरु हुन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया