गठबन्धनमा अहंकार भए सामना गर्न तयार छौँ : अध्यक्ष नेपाल

लोकपथ
28
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वामपन्थी सरकार बनाउने कुरा अल्मल्याउने कुरा मात्रै भएको बताएका छन् ।

सोमवार पार्टी केन्द्रिय कार्यालयमा भएको नवनिर्वाचित सांसदहरुलाई बधाई ज्ञापन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले कसैको पनि बहुमत नआएकाले कस्तो सरकार बन्छ भन्ने आम चासाको विषय भएको भन्दै अबको एक हप्तामा सरकार कस्तो बन्ने भन्ने थाहा हुने बताए ।

अध्यक्ष नेपालले भएकाको विश्वास गुमाउने र हुँदै नभएको विश्वास गरेर घर न घाटको हुने गल्ती आफूले नगर्ने पनि बताए । उनले आगामी सरकार गठबन्धनकै बन्ने आश गरेको पनि बताए । अध्यक्ष नेपालले गठबन्धनका पार्टी र अरु नेताहरुमा अहंकार भए र उनीहरुलाई गठबन्धन नचाहिए त्यसको सामना गर्न पनि आफू तयार रहेको स्पष्ट पारे ।

अध्यक्ष नेपालले वर्तमान राजनीतिमा व्यापक रुपमा व्यक्तिवाद हाबी भएको बताएका छन् । उनले आफूले पाएपछि सबै ठिक नपाए सबै बेठिक भन्ने परम्परा हाबी भएको भन्दै पद र पैसाले मानिसलाई भ्रष्ट बनाउँदै लगेको बताए । उनले यसको विरुद्धमा विशाल वैचारिक अभियान चलाउनुपर्ने बताएका छन् ।

अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीलाई परित्याग गरेर जनताको विश्वास जित्न नसक्ने बताए ।भ्रष्टीकरणविरुद्धमा आफ्नो पार्टीभित्र शुद्धीकरणको अभियान, सदृढिकरण, रुपान्तरणको अभियान चलाउनुपर्ने बताए । उनले नेताहरु राति हुन नपाइ मद्यपान गरेर बस्ने र बोली नै बिगारेर बोल्ने गरेको आफूले पाएको भन्दै जनताको काम गर्न लागिपर्न निर्देशन दिए ।

अध्यक्ष नेपालले अहिलेको निर्वाचनमा नेपाली राजनीतिमा दक्षिणपन्थी शक्तिहरुले आफ्नो शक्ति आर्जन गर्नु चुनौतिको विषय भएको बताए । उनले गणतन्त्रका विरुद्धमा राजतन्त्रलाई फेरि पुनः स्थापित गर्ने कुराको पक्षमा कुनै कदम नचाल्न चेतावनी दिए । उनले समस्या भन्ने भन्दा पनि त्यसको समाधान कसरी गर्ने भन्ने कुराको खोजि गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

अध्यक्ष नेपालले मुलुकमा भ्रष्टाचार व्याप्त भएको भन्दै भ्रष्टाचार गर्ने कोही पनि नेतालाई पार्टीले छुट नदिने बताए । उनले अहिले गठबन्धनकै भरमा चुनाव लडेको भन्दै सिट विभाजनमा आफ्नै गुनासा भएपनि निर्वाचनको आवश्यक समीक्षा गर्न आवश्यक रहेको बताए । उनले नेपालको राजनीति र कम्युनिष्ट आन्दोलनमा आफ्नो पार्टीको विशेष अर्थ भएको बताएका छन् । उनले गठबन्धनमा अरु सबै पार्टीले नोक्शानी व्यहोरे पनि कांग्रेसले फाइदा लिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?