काठमाडौंको चिसापानीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

लोकपथ
35
Shares

काठमाडौं । काठमाडौंको तार्केश्वर नगरपालिका–३ चिसापानीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आइतबार राति बाग्मती प्रदेश ०२–०२५ प ६१८९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही नगरपालिका–३ पाँचमाने घर भएका २३ वर्षीय सबिन फुयालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल सामाखुसीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?