विश्वका धनाढ्य व्यक्ति बने बर्नार्ड अर्नाल्ट, एलन मस्क दोस्रो स्थानमा

लोकपथ
707
Shares

काठमाडौं । विश्वका सर्वाधिक धनाढ्यक व्यक्ति बर्नार्ड अर्नाल्ट बनेका छन् ।उनी फ्रन्सका नागरिक हुन् ।  फोर्ब्स म्यागेजिनका अनुसार चर्चित फेसन ब्रान्ड लुइस भितनका मालिक अर्नाल्टले टेस्ला तथा स्पेसएक्सका मालिक एलन मस्कलाई उछिनेका हुन् ।

अर्नाल्टको कुल सम्पत्ति १८६.६ अर्ब डलर रहेको छ । मस्कको सम्पत्ति १८५.४ अर्ब डलरमा झरेको छ । फोर्ब्सका अनुसार लुइस भितनको शेयर बढ्दा अर्नाल्टको सम्पत्ति लगातार बढिरहेको छ भने टेस्लाको शेयरमा नाटकीय गिरावट आउँदा मस्कको सम्पत्ति लगातार घटिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?