हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार बिहानैदेखि पहाडी भूभागका एक दुई स्थानमा आंशिक बदली रहेको छ । तर, अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
यसैगरी दिउँसो पनि प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ । ।
राति भने बागमती प्रदेश, मधेश प्रदेश लगायत लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भूभागका थोरै स्थानहरुमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया