लैङ्गिक हिंसाका घटना न्यूनिकरण गर्न महिला सचेतीकरण अभियान

लोकपथ
35
Shares

डडेल्धुरा । यहाँका स्थानीय तह लैङ्गिक हिंसाका घटना न्यूनिकरण गर्न महिला सचेतीकरण अभियानमा लागिपरेका छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा जिल्लाको अजयमेरु गाउपालिकाले लैङ्गिक हिंसालाई अन्त्य गर्ने जनाएको छ ।

‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसाविरुद्धको अभियान’ भन्ने मूल नाराका १६ दिने अभियानअन्तर्गत अजयमेरुका छ वटै वडामा हिंसाविरुद्धका विभिन्न कार्यक्रम आयोजना गरिएको छ । जिल्लाका अन्य स्थानीय तहमा पनि हिंसाविरुद्धका अभियान भइरहेका छन् ।

गाउँ समाजमा अझै पनि महिला हिंसा, जातीय भेदभाव, घरेलु हिंसालगायतका कुरा भइरहेकाले यो अभियानले मानिसलाई जागरुक गरी हिंसामुुक्त हुन कानुनीरुपमा सहयोग मिल्ने न्यायिक क्षेत्रका अगुवा बताउँछन् । समयसमयमा दूरदराजका गाउँका महिला तथा किशोरी सहभागी गरी सचेतनामूलक कार्यक्रम गर्दा लैङ्गिक हिंसामुक्त हुन उत्प्रेरित गर्ने अधिवक्ता युवराज जोशीले बताए ।

गाउँपालिकाले विभिन्न सचेतामूलक कार्यक्रम गर्दै लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाइरहेको गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक वसन्ती पालले बताइन् । उनले वडा नं ३ बाट १६ दिने अभियानअन्तर्गत विभिन्न कार्यक्रम गर्नुका साथै महिला सचेतीरणका कुरालाई लिएर महिला अधिकारका साथै मान अधिकार र मौलिक हकका विषयमा समेत जानकारी गराइरहेको जानकारी दिइन् ।

सोह्रदिने लैङ्गिक हिंसाविरुद्धको अभियानका अवसरमा ¥याली र अन्तक्र्रिया कार्यक्रम भइरहेको जनाइएको छ । लैङ्गिक हिंसा अन्त्यका लागि परिवार तथा समाजमा सचेतना फैलाउन जरुरी रहेको जनाइएको छ । व्यक्तिगत घटना, घरेलु हिंसालगायत महिलामाथि हुने अन्यायलाई रोक्नका लागि हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा विश्वव्यापीरुपमा १६ दिने अभियान मनाइने गरिन्छ ।

महिलामाथि हुने हिंसा रोक्न परिवारबाट प्रयास गरिनुपर्ने नवदुर्गा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक निर्मला बोगटी विष्टले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?