अज्ञात समूहद्वारा कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार

लोकपथ
133
Shares

कपिलवस्तु । कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार भएको छ । कपिलवस्तुको मायादेविस्थित चाकर चौडामा एकजना भारतीय नागरिकमाथि अज्ञात समूहले गोली प्रहार गरेको हो ।

मायादेवी गाउँपालिका वडा नं। ४ चाकरचौडामा रहेको एक होटलमा बसेका भारत सिद्धार्थनगर जिल्लाको अलिगढवाका ३५ वर्षीय ईरशाद खानमाथि गएराति दुई गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

चाकरचौडा बजारको एक होटलमा रहेका उनलाई काँध र कम्मरमा गरी दुई गोली लागेको छ भने गोली लागेर घाइते भएका उनलाई उपचारको लागि भारतको गोरखपुर मेडिकल कलेज पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

गोली हान्ने व्यक्तिको भारतीय प्रहरीसँगको समन्वयमा खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?