काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जिल्ला प्रशासन कार्यालयको सभाकक्षमा ‘राष्ट्रिय परिचयपत्र’ सम्बन्धी गोष्ठी सम्पन्न गरेको छ ।
कुनै पनि नेपाली नागरिकले राष्ट्रिय परिचयपत्र पाउनबाट बञ्चित हुन नपरोस् भने उद्देश्यले गोष्ठी आयोजना गरिएको विभागका निर्देशक सागरमणि पाठकले बताए । गोष्ठीमा जिल्लाका सबैजसो स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता रहेको थियो ।
सो अवसरमा जिल्ला समन्वय समिति रौतहटका प्रमुख रामअयोध्याप्रसाद राय यादवले जिल्लाका सबै स्थानीय तहलाई कार्यक्रम सफल बनाउन अनुरोध गरे। प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीको अध्यक्षतामा भएको गोष्ठीमा बौद्धी माई नगरपालिकाका नगरप्रमुख प्रदीप यादवले जनप्रतिनिधिको तर्फबाट बोल्दै कार्यक्रममा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
गोष्ठीमा जिल्ला प्रहरी उपरीक्षक वीरबहादुर बुढामगर, सशस्त्र प्रहरी उपरीक्षक धुव्रबहादुर कार्की, वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अन्य कर्मचारी तथा जिल्ला प्रशासन कार्यालयका कर्मचारीसमेतको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया