सस्तो टिकट वेष्ट एयरलाइन्स अवार्डको प्रक्रिया शूरु, १६ विधामा अवार्ड दिइँदै

लोकपथ
56
Shares

काठमाडौं । नेपालमा सस्तो टिकट बेष्ट एयरलाइन्स अवार्ड नेपाल–२०२२ का लागि प्रक्रिया अघि बढेको छ । नेपाली पर्यटन क्षत्रलाई विश्वभरको चासो बढाउने र पर्यटन क्षेत्रमा हवाई क्षेत्रले गरेको योगदानको कदर गर्दै यसलाई थप उपभोक्तामुखी र जनउत्तरदायी बनाउने उद्धेश्यले उक्त अवार्ड घोषणा गर्न लागिएको हो ।

डिसेम्बर १३ मा नेपाल पर्यटन बोर्डसँगको साझेदारीमा आयोजना हुन लागेको यस अवार्ड नेपालमा हाल काठमाडौं भएर विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएका २७ वायुसेवा प्रदायक आन्तरिक तर्फका ९ वायुसेवाले प्रतिस्पर्धा गर्नेछन् ।

जसमा उनीहरुलाई १६ विधामा अवार्ड दिइँदै छ । जसलाई पारदर्शी एवंम् स्वच्छ बनाउन आयोजकले विभिन्न क्षेत्रका प्रतिनिधि सम्मिलित नोमिनेसन बोर्डसमेत गठन गरेको छ ।

हाल ९ सदस्य रहेको सो बोर्डले नोमिनेसन विधामा भएका वायुसेवालाई विभिन्न माध्यमबाट सर्वसाधारण, ट्राभल एजेन्सी र वायुसेवा स्वयंलेसमेत अवार्डको नोमिनेसनलाई सहजता र मर्यादित बनाउने मुल उद्धेश्य लिएको बोर्डका उपाध्यक्ष लालचन्द्र गौतमले बताए । नोमिनेसन बोर्डले आपासी छलफलका माध्यमबाट सबैखाले नियम तथा कार्यपद्धती बनाउन सक्ने अधिकार सम्पन्न रहेको उनले जानकारी दिए ।

नोमिनेसन बोर्डमा नायिका वर्षा राउत, इतिहाद एअरवेजकी पूर्व महाप्रबन्धक पावना श्रेष्ठ, नाटाकी गीता ढकाल, एक्टिभ उमन अफ नेपालकी अध्यक्ष बाबा सरकार श्रेष्ठ, खल्तीका सहसंस्थापक अमित अग्रवाल, फोटोग्राफर राजभाई सुवाल, इन लाईट सेफ बेद अधिकारी, स्प्यारो एसएमएसका सह–संस्थापक मनिस मोदी र गैर आवासीय नेपाली संघकी पूर्व उपाध्यक्ष सपिला राजभण्डारी छन् ।

यस अवार्डको निष्पक्षता र गरिमालाई दरिलो बनाउन आयोजकले नेपालमा सेवा प्रदायकको रुपमा सक्रिय वायुसेवा तथा वायुसेवा व्यवसायमा आबद्ध संघसंस्थाहरुसँग कुनैपनि किसिमको आर्थिक सहयोग, नोमिनेसन फी वा स्पोनसरसिप लिएको छैन भने स्वतन्त्र लब्धप्रतिष्ठित व्यक्तिहरु सम्मिलित निर्णायक मण्डललाई निर्णयको सर्वाधिकार सुम्पिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?