ओलीलाई बालेनको प्रश्न : सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन ?

लोकपथ
399
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन)ले प्रतिप्रश्न गरेका छन् ।

एमाले अध्यक्ष ओलीले मंगलबार पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा सुकुम्वासी बस्तीमा महानगरले डोजर चलाएर तामासा गरेको टिप्पणी गरेपछि मेयर बालेनले प्रतिप्रश्न गरेका हुन्। मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन ? भन्दै उनले कटाक्ष गरेका हुन् ।

ओलीले सुकुम्वासी बस्तीलाइ भोट बैंक मात्रै बनाएको र तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गरेको आरोप लगाएका छन् ।

उनले भने ‘अधिकारसम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाण्डौ महानगरले आफ्नो जिम्मेवारी पुरा गर्दै गरेको कार्यप्रति तपाईको धारणा थाहा पाएँ । तपाईबाट नै यस्तो धारणा आउनु सामान्य बिषय हो । किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाण्डौको सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन । मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्वासीहरु तपाईका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नु भयो । त्यो पनि राजनीतिक स्वार्थवश् ।’

त्यसै गरी मेयर बालेनले ओलीलाई नेवा सभ्यताको मौलिकता नासेर सुन्धारा र हनुमान ढोकाको पुननिर्माण गरेको आरोप लगाएका छन् ।

साथै उनले परिस्थिति फेरिएको भन्दै कसैका विरुद्धमा कसैलाई प्रयोग नगर्न चेतावनी दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?