नुवाकोट । नुवाकोट क्षेत्र नं २ का नवनिर्वाचित सांसद एवं कांग्रेस नेता अर्जुननरसिंह केसीले जिल्लाको विकासमा चासो देखाएका छन् ।
मंसिर ४ को निर्वाचनमा नुवाकोट क्षेत्र नं २ बाट निर्वाचित भएका केसीले जनताको समस्याहरुबारे छलफल गरि आवश्यक निर्देशन समेत दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटका राष्ट्रसेवक कर्मचारीहरुलाई प्रशासन कार्यालयबाट हुने कामकारबाही प्रभावकारी बनाउन निर्देशन समेत दिए ।
जिप्रका नुवाकोटमा भेटघाट तथा छलफलका क्रममा पूर्वमन्त्री समेत रहेका केसीले प्रक्रिया पूरा गरेपनि नागरिकता प्राप्त गर्न नागरिकले सास्ती पाउँदै आएको भन्दै त्यसलाई हटाउन निर्देशन दिए । त्यस्तै राष्ट्रिय परिचयपत्र सहज रुपमा उपलब्ध गराउने तथा पालिकास्तरबाटै राष्ट्रिय परिचयपत्र भर्ने व्यवस्था मिलाउने बारेमा आवश्यक परामर्श गर्न निर्देशन दिए ।
त्यसैगरी जिल्लाका विभिन्न स्थानमा वर्षाैँदेखि बिग्रिएको सडक मर्मतका लागि तुरुन्तै पहल गर्ने समेत प्रतिबद्धता जनाएका छन् ।

नेता केसीले मुआब्जा विवादका कारण स्तरोन्नति रोकिएको गंगटे ढुगें सडकको स्तरोन्ती होस् या अलपत्र परेको रानीपौवा पिपलटार सडकखण्डको स्तरोन्नतीका लागि सम्बन्धित पक्षसँग छलफल र सुधारमा पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
खेतीपातीको समयमा कृषकले मलखाद नपाएको विषयमा पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । त्यसका लागि नेता आफूले सम्बन्धित पक्षसँग समन्वय गरी समस्या समाधान गर्ने बताएका छन् ।
त्यस्तै जिल्लाको त्रिशुली अस्पतालले सामान्य उपचार पनि नगरी काठमाडौं लगायत अन्य ठाउँमा रिफर गरिएको गुनासाहरु नागरिकहरुबाट आफूमा आएको बताउँदै सम्बन्धित पक्षसँग छलफल गरी नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने समेत बताएका छन् ।

त्यस्तै आम नागरिकको सुरक्षाको ज्ञारेन्टी राज्यले लिनुपर्नेमा जोड दिँदै नेता केसीले सुरक्षा संयन्त्र चुस्त राख्न समेत निर्देशन दिएका छन् ।
संसदीय राजनीतिमा अन्तिम पटक प्रतिष्पर्धा गरेको घोषणा गरेका नेता केसीले आफूले जीवनकालमा पूरा गर्न नसकेका योजनाहरु अबको कार्यकालमा पूरा गर्ने विश्वास समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया