चितवन-२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछालेले इच्छाकामना गाउँपालिकाका ६ वटा वडामा बिजुली बाल्ने प्रक्रिया सुरु भएको बताएका छन् ।
गाउँपालिकाको वडा नम्बर २, ३, ४, ५, ६ र ७ नम्बर वडाका विद्युत नपुगेका स्थानमा यही महिनाभित्र क्रमशः टेन्डर आह्वान गरी विद्युत लाइन विस्तार हुने लामिछानेले जानकारी दिएका छन् । त्यसका लागि सोमबार विद्युत प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग छलफल गरिएको लामिछालेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
अब छिटोभन्दा छिटो आफ्नो निर्वाचन क्षेत्रका नागरिकले टुकी बाल्नु पर्ने अवस्थाको अन्त्य हुने लामिछानेको विश्वास छ ।
यस्तै चितवनका किसानले वर्षौदेखि भोगेको रासायनिक मलको अभाव अन्त्यका लागि कृषि सामाग्री कम्पनी लिमिटेड पुगेर मल आयातको अवस्था, भण्डारण र वितरणको अवस्थाबारे जानकारी लिएको पनि लामिछानेको भनाइ छ।
लामिछालेले कालिका नगरपालिकाको विद्युत नपुगेको पहाडी भेगमा पनि अब तत्काल विद्युत विस्तार हुने जानकारी दिए । भोट खसाले पछि जनताको काम सकिने भन्दै लामिछालेले त्यसपछि जनप्रतिनिधिको काम सुरु हुने भएकाले सोहीअनुसार आफू अघि बढेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया