हाल ४ निर्वाचन क्षेत्रको मतगणना बाँकी, कहाँ कसको अग्रता ?

लोकपथ
35
Shares

काठमाडौं । मंसिर ४ गते भएको निर्वाचनको प्रत्यक्षतर्फ मतगणना भइरहेका ४ स्थानको नतिजा आउन बाँकी रहेको छ ।

जसमा नेपाली कांग्रेसको ३ स्थानमा अग्रता छ भने एकमा एमालेको छ । यस्तै बाजुरा, स्याङ्जा २ र दोलखाको मत मतगणना भएको छ ।

बुथ कब्जा भएको पाइएपछि दोलखाका १० वटा मतदान केन्द्रमा मंसिर १५ गते निर्वाचन हुने भएको छ भने बाजुरामा मतगणना हुन सकेको छैन । मतदानका क्रममा भएको झडपपछि दुई जनाको मृत्यु भएपछि त्यहाँ तनाव हुँदै आएको छ ।
यस्तै स्याङ्जामा बुथ कब्जा भएको दाबीका बीच पुनः मतदान गर्ने या के गर्ने भन्नेमा आयोगले निर्णय गरिसकेको छैन ।

हालसम्म मतगणना भइरहेका ४ स्थानमध्ये उदयपुर १ मा कांग्रेसका नारायण खड्काको अग्रता छ । यस्तै धनुषा २ मा कांग्रेसकै महेन्द्र यादव तथा सुनसरी ४ मा ज्ञानेन्द्र बहादुर कार्कीको अग्रता छ । यस्तै सुनसरी ३ मा एमालेकी भगवती चौधरीको अग्रता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?