काठमाडौं । जारी मतगणनामा समानपातिकतर्फ नेकपा एमालेले २३ लाख बढी मत ल्याएर अग्र स्थान कायम गरेको छ ।
निर्वाचन आयोगको तथ्यांक अनुसार नेकपा एमालेले हालसम्म २३ लाख १० हजार ३ सय ३३ मत प्राप्त गरेको छ ।
त्यसैगरी नेपाली कांग्रेसले हालसम्म २२ लाख १३ हजार ५ सय ७४ मत प्राप्त गरेको छ । प्रत्यक्षमा नेपाली कांग्रेसले अग्र स्थान कायम गरे पनि समानुपातिकमा भने नेकपा एमाले भन्दा ९६ हजार ७ सय ५७ मतले पछाडी रहेको छ ।
त्यसैगरी नेकपा माओवादी केन्द्रले हालसम्म पाएको मत ९ लाख ६८ हजार २ सय ५० रहेको छ । यता राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २६ हजार ९ सय २६ मत प्राप्त गरी चौथो स्थानमा रहेको छ ।
थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बनेको राप्रपाले हालसम्म ४ लाख ८७ हजार ३ सय ६४ मत प्राप्त गरेको छ ।
यता जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी भने ३ लाख मत ल्याएर राष्ट्रिय पार्टी बन्ने बाटोमा गएका छन् । जसपाले हालसम्म २ लाख ८९ हजार २ सय २४ मत प्राप्त गरेको छ भने एकीकृत समाजवादीले हालसम्म २ लाख २३ हजार ६ सय ७३ मत प्राप्त गरेको छ ।
त्यसो त सीके राउत नेतृत्वको जनमत पार्टीले २ लाख २३ हजार, २ सय ९२, नागरिक उन्मुक्ति पार्टीले १ लाख ९८ हजार २२, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख २० हजार ५ सय १० मत प्राप्त गरेको आयोगको तथ्यांकले देखाएको छ ।
हाल मतगणना जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया