चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको चिवतनको कार्यालयमा आगनजनी भएको छ । शुक्रबार राति चितवनको कुमारी चोकमा रहेको पार्टी कार्यालयमा आगजनी भएको हो । आगजनी भएको र आगजनीबाट केही कुर्सी, टेवल लगायतका अन्य सामग्री जलेको राष्ट्रिय स्वतन्त्र पार्टी भरतपुर महानगरपालिकाकी सभापति सीता ज्ञवालीले लोकपथलाई जानकारी दिइन् ।
उनका अनुसार कसले गर्यो भन्ने अहिलेसम्म पत्ता लागेको छैन, आगजनीबाट २ वटा कुर्सी जलेको, ५–६ वटा कुर्सी आधा जलेको, केही बोर्डहरु जलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा विजुली सर्ट भएको हुनसक्ने उनको भनाइ रहेको छ ।
‘शुक्रबार राति कार्यालयमा आगलागी भएको हो । २ कुर्सी पुरै जलेको छ । ५–६ वटा कुर्सीको आधा जलेको छ भने केही बोर्डहरु जलेको छ ।’ उनले भनिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया