सप्तरी ४ (१) मा एकीकृत समाजवादीका न्यौपाने विजयी

लोकपथ
130
Shares

सप्तरी । सप्तरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा (एकीकृत समाजवादी) का गोविन्दबहादुर न्यौपाने निर्वाचित भएका छन् । उनी सोही निर्वाचन क्षेत्रबाट २०७४ मा मधेश प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

शुक्रबार बिहान सम्पन्न मतगणना परिणामअनुसार न्यौपानेले जनमत पार्टीका उम्मेदवारलाई पाराजित गरेका हुन् । न्यौपानेले ११ हजार ४ सय २९ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका नमेनदर पासवानले ५ हजार ५ सय ५८ मत पाए ।

यो परिणामसँगै सप्तरीको कूल ८ वटै प्रदेशसभाको मतगणना सकिएको छ । जस अनुसार जनमत पार्टीले चार, एमाले, कांग्रेस, एकीकृत समाजवादी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?