नुवाकोट–२ मा केसीको अग्रता कायमै, कसको कति मत ?

लोकपथ
525
Shares

नुवाकोट । नुवाकोट क्षेत्र नं २ को जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेवदवार अर्जुननरसिंह केसीले अग्रता कायमै राखेका छन् ।

केहीबेअघि सार्वजनिक तथ्यांक अनुसार केसीले १६ हजार २ सय ८७ मत प्राप्त गरेका छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमन पाण्डे दोस्रो स्थानमा रहेका छन् । उनले हालसम्म १० हजार २९ मत प्राप्त गरेका छन् । यता नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडाले ९ हजार ६ सय २४ मत प्राप्त गरेका छन् ।

हाल मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?