नुवाकोट । नुवाकोट क्षेत्र नं १ प्रदेश सभा ‘ख’ बाट नेपाली कांग्रेसका उम्मेदवार रमेश कुमार महत निर्वाचित भएका छन् ।
महतले १ हजार ९ सय २६ मतान्तरसहित निर्वाचित भएका हुन् ।
बिहीबार सार्वजनिक अन्तिम परिणाम अनुसार महतले १३ हजार ७ सय २७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका पूर्णलाल श्रेष्ठले ११ हजार ८ सय ३१ मत प्राप्त गरेका छन् ।
सो क्षेत्रमा ६१ हजार २ सय ९३ जना मतदाता रहेका थिए । जसमा ३० हजार ७०० मत सदर मत रहेको थियो भने त्यसमध्ये १ हजार ५ सय ५७ मत बदर भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया