मकवानुपर–१ : कमल थापा र डिनालाई पराजित गर्दै राप्रपाका दिपक सिंह विजयी

लोकपथ
805
Shares

मकवानपुर । मकवानपुर क्षेत्र नं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बहादुर सिंह निर्वाचित भएका छन् ।

हेभिवेट उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापा र कांग्रेस महमहामन्त्री डीना उपाध्यायलाई हराउँदै सिंहले निर्वाचित भएका हुन् ।

सिंहले २७ हजार ८ सय १६ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेबाट उम्मेदवार बनेका कमल थापाले २५ हजार ४ सय २० मत प्राप्त गरेका छन् । यता नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले २५ हजार ४ सय ३४ मत प्राप्त गरेकी छिन् ।

सिंह गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा हेटौँडा उपमहानगरपालिकामा राप्रपाबाट मेयरका उम्मेदवार बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?