काठमाडौं–५ प्रदेश (२) मा कांग्रेसका श्यामबहादुर खड्का निर्वाचित

लोकपथ
56
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नं ५ को प्रदेश (२) मा नेपाली कांग्रेसका उम्मेदवार श्यामबहादुर खड्का विजयी भएका छन्।

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको गएराति सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार खड्काले ९ हजार ७ सय ३१ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत ऋतबहादुर पुलामीमगरले जानकारी दिए।

निर्वाचित खड्का नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ५ का क्षेत्रीय सभापतिसमेत हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार दीपक निरौलाले ८ हजार ४ सय ५ मत प्राप्त गरेका छन्।

पराजित निरौला नेकपा (एमाले) काठमाडौंका जिल्ला अध्यक्ष एवं निवर्तमान बागमती प्रदेशका सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?