काठमाडौं । गोरखा-२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारी मतान्तरसहित विजयी हुने निश्चित भएको छ ।प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रचण्डले मतगणनकाे अन्तिमतिर पुग्दा २४ हजार ४ सय ७८ मत पाएका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ११ हजार २ सय ३७ मत पाएका छन् । अब गोरखा २ मा करिब ४ हजार मत मात्रै गन्न बाँकी रहेको जनाइएको छ ।
यसैगरी, एमालेका उम्मेदवार अब्दुस मियाले ६ हजार ४ सय ६६ मत पाएर तेस्रो स्थानमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया