काठमाडौं । बुधबार रातिसम्म प्रतिनिधिसभाको ४४ निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । जसमध्ये कांग्रेसले अग्रता कायम गरेको छ भने एमाले पछिपछि छ ।
कांग्रेसले २१ स्थानमा विजय हाँसिल गर्दा एमालेले ७ तथा राष्ट्रिय स्वतन्त्र पार्टीले ४ स्थानमा विजय हासिल गरेको छ ।
यस्तै, माओवादी केन्द्रले ३ तथा एकीकृत समाजवादी पार्टीले दुई स्थानमा जीत हाँसिल गरेको छ । यस्तै अन्य पार्टी तथा स्वतन्त्र उम्मेदवारले ७ स्थानमा विजय हाँसिल गरेका छन् ।
यस्तै कांग्रेसले ३६, एमालेले पनि ३६, राष्ट्रिय स्वतन्त्र पार्टीले ५, माओवादीले १३, एकीकृत समाजवादी पार्टीले ७ तथा अन्य पार्टी तथा स्वतन्त्र उम्मे।दवारले २० स्थानमा अग्रता बनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया