कैलाली–२ मा माओवादीका भगत बडुवालको अग्रता

लोकपथ
868
Shares

काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधि सभातर्फको मतगणना जारी रहँदा नेकपा (माओवादी केन्द्र) का भगतबहादुर बडुवालले अग्रता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयकाअनुसार १८ हजार २३४ मतगणना हुँदा भगत बडुवालले ६ हजार ४९२ मत प्राप्त गरेका छन् ।

यहाँ नेकपा (एमाले) का झपटबहादुर रावलले पछ्याइरहेका छन् । रावलले ५ हजार ४४० मत प्राप्त गरेका छन् । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरीले ५ हजार १२ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?