जुम्ला (क) मा कांग्रेसका प्रदेश सभापति शाही बागीसँग पराजित

लोकपथ
210
Shares

जुम्ला । नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाही पराजित भएका छन् । उनीविरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाही १ हजार ८९९ मतान्तरसहित विजयी भएका छन् ।

जुम्ला प्रदेश (क) मा २४ हजार ७८८ मत खसेको थियो । जसमा स्वतन्त्र उम्मेदवार शाहीले ९ हजार ६५४ मत पाएका छन् भने पराजित शाहीको पक्षमा ७ हजार ७५५ मत आएको छ ।

प्रदेश सभापति शाहीलाई गठबन्धन दल माओवादी र एकीकृत समाजवादीको समर्थन रहेको थियो । तरपनि शाही पराजित भएका हुन् । शाही यसअघि ०७४ मा कांग्रेसबाट प्रतिनिधि सभामा चुनाव लडेका थिए । त्यसबेला माओवादीका गजेन्द्र महतसँग पराजित भएका उनी कांग्रेसभित्र संस्थापन इत्तर पक्षधर नेता मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?