काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जित निश्चित भएको छ । हालसम्म ओलीले ४४ हजार ८ सय ५ मत ल्याएका छन् ।
ओलीका निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २१ हजार १ सय ५४ मत पाएका छन् ।
झापा क्षेत्र नम्बर ५ मा हालसम्म ८५ हजार ६ सय ५९ मत गणना सकिँएको छ जसमा ओलीले अधिकारीभन्दा २३ हजार ६ सय ५९ मतान्तरको बनाएका छन् । अब १३ हजार ३ सय ८६ मत गणना बाँकी रहेकाले ओलीको जित निश्चित भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया