‘टक्सिक’ शब्दलाई ‘वर्ड अफ द इयर’ घोषणा

काठमाडौं । अक्सफोर्ड डिक्सनरीले यो वर्षको लागि ‘टक्सिक’ शब्दलाई ‘वर्ड अफ द इयर (वर्ष शब्द)’ घोषणा गरेको छ ।

नेपालीमा विशालु वा विशाक्त जनाउने यो शब्द ‘ग्यासलाइटिङ’, ‘इन्सेल’ र ‘टेकल्यास’ जस्ता राजनीतिक झुकावका शब्दहरुलाई उछिनेर सन् २०१८ को वर्ष शब्दमा छानिएको हो । 

अक्सफोर्ड डिक्स्नरीको अमेरिकी शाखाकी प्रमुख क्याथरिन कोनर मार्टिनले आफ्नो वेबसाइटमा अघिल्लो वर्षभरी ‘टक्सिक’ शब्दलाई उलेख्य मानिसहरुले खोजेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?