कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा र प्रदेश सभाका तीनवटै सिटमा नागरिक उन्मुक्ति पार्टीले विजय हासिल गरेको छ । यसअघि यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित भइसकेका छन् ।
प्रदेश सभा अन्तर्गतका दुई वटै सिटमा पनि नागरिक उन्मुक्ति पार्टीले विजय हासिल गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेश सभातर्फको ३ (क) मा घनश्याम चौधरीले १३ हजार ९२३ मत ल्याइ विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खेमराज डंगौरा थारु ११ हजार ५७२ मत ल्याएर पराजित भए । प्रदेश सभातर्फको ३ (ख) मा खुशीराम चौधरी ७ हजार ५३९ मतले विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का अमर साउँद ६ हजार ६१९ मत ल्याएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया