नुवाकोट । नुवाकोट क्षेत्र नं १ मा नेकपा एमालेका उम्मेदवार बद्री मैनालीले अग्रता कायमै राखेका छन् ।
१९५९० मतको गणना गर्दा मैनालीले ७६०७ मत प्राप्त गरेका छन् । यता नेकपा माओवादी केन्द्रका उम्मेदवार हित बहादुर तामाङले ६२८४ मत प्राप्त गरेका छन् ।
यसरी मैनाली र तामाङबीचको अन्तर १३२३ मत रहेको छ ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रधुम्न महतले २९७३ मत प्राप्त गरेका छन् ।
हाल मतगणना जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया