झापा–१ मा जीतको नजिक पुग्दै विश्वप्रकाश

लोकपथ
245
Shares

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी हुने प्रायः निश्चित भएको छ । ६५ हजार ५१० मतपत्र गणना गर्दा महामन्त्री शर्मा नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेलभन्दा ११ हजार ९९७ मतले अगाडि छन् । अब १६ हजार २५४ मतपत्र मात्र गणना गर्न बाँकी रहेको छ ।

सो क्षेत्रमा ८१ हजार ७६४ मत खसेको निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले जनाएको छ । शर्माले ३२ हजार ३५० मत पाउँदा खरेलले २० हजार ३५३ मत पाएका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भन्डारी (घन्टी) ले ६ हजार ३०२ मत पाएका छन् । शर्मा यसअघि दुई पटक सो निर्वाचन क्षेत्रबाट पराजित भएका थिए ।

दोस्रो संविधानसभाको निर्वाचनमा अहिलेका प्रदेश सभाका उम्मेदवार रविन कोइरालासँग शर्मा पराजित बनेका थिए । यस्तै, ०७४ सालको संसदीय निर्वाचनमा एमालेसहितको संयुक्त गठबन्धनका उम्मेदवार राम कार्कीसँग पराजित बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?