अनिश्चितकालीन धर्नामा बसेका निर्मलाका आमाबुबा बिरामी

कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारलाई कारबाहीको माग गर्दै अनिश्चितकालीन धर्नामा बसेका उनका आमाबुबा बिरामी परेका छन् । 

गत आइतबारदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेटमै निर्मलाका आमा दुर्गा पन्त र बुबा युज्ञराज पन्त अनिश्चितकालीन धर्ना बसेका हुन् ।

निर्मलाका बुवा यज्ञराजलाई ज्वरो आएको र रक्तचाप घटेको छ भने आमा दुर्गादेवीको पनि रक्तचाप घटेको माहाकाली अञ्चल अस्पतालका चिकित्सक डा. किशोर बोहराले बताए । 

दुवै जनाको रगत जाँच पछि थप उपचार बारे निर्णय गरिने डा. बोहराले बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?