सप्तरी-२ मा लफडा : रोकियो मतगणना

लोकपथ
189
Shares

सप्तरी  । अध्यक्ष उपेन्द्र यादव फराकिलो मतान्तरले पछि पर्दै गएपछि सप्तरी क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधिहरूले मतगणना बहिस्कार गरेकपछि  मतगणना रोकिएकाे छ । जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउतले अग्रता बनाइरहेका बेला जसपाका प्रतिनिधिहरू मतगणना बहिस्कार गर्दै बाहिरिएका हुन् ।

मतगणनास्थल बाहिर नाराबाजीसमेत गरेका उनीहरूले मतगणनामा धाँधली भएको आरोपसमेत लगाएका छन्। यसरी नाराबाजी गर्ने समूहमा उपेन्द्र यादवका छोरा अमरेन्द्र पनि देखिएका थिए ।

पछिल्लो परिणामअनुसार राउतले २१ हजार ८ सय १७ मत पाउँदा यादवले १० हजार ८ सय ८७ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?