उपत्यकामा ८ वर्षदेखि ट्राफिक लाइट बन्द

काठमाडौं– काठमाडौं उपत्यकाभित्रका अधिकांश ट्राफिक लाइट लामो समयदेखि चालू अवस्थामा छैनन् । कतिपय ट्राफिक लाइट आठ वर्षदेखि बन्द छन् । ट्राफिक लाइट नहुँदा ट्राफिक व्यवस्थापनसमेत अस्तव्यस्त हुँदै आएको छ । ट्राफिक प्रहरीसमेत त्यही कारण हैरानीमा छन् ।

बाग्मती अञ्चलमा मात्रै करिब १२ लाख सवारी दर्ता भएको यातायात व्यवस्था विभागको रेकर्ड छ । उपत्यकामा दैनिक करिब १० लाखको हाराहारीमा सवारीसाधन गुड्ने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी बसन्त पन्त बताउँछन् ।
उनका अनुसार बाग्मती अञ्चलमा दर्ता भएका सबै गाडी एकै दिन नचले पनि धेरैजसो गाडी चल्ने र केही उपत्यकाबाहिरबाट समेत भित्रिने गरेका कारण करिब १० लाख सवारीसाधन उपत्यकाका सडकमा गुड्ने गरेका हुन् ।

ट्राफिक लाइट नहुँदा र भएका लाइटसमेत मर्मत नहुँदा दैनिक ठूलो संख्यामा गुड्ने सवारीको व्यवस्थापनमा समस्या हुने गरेको एसएसपी पन्तको भनाइ छ । राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?