सुनसरी – धरानमा एकैदिन दुई बालिका बलात्कृत भएका छन् । बलात्कार आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले धरान १६ का ३० वर्षीय विष्णु तामाङ र १७ का २७ वर्षीय सुवास राईलाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरीका नायब उपरीक्षक सुमन तिम्सिनाका अनुसार तामाङले गत आइतबार बिहान ९ वर्षीया बालिकालाई बलात्कार गरेका थिए ।
तामाङ शारीरिक रूपले तन्दुरुस्त भए पनि बोल्न सक्दैनन् । बालिकामाथि जबर्जस्ती गरिरहेको गाउँलेले देखेपछि समातेर प्रहरीलाई बुझाइएको थियो । आजको कान्तिपुरमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया