नुवाकोट–२ मा घण्टीले कटायो १ हजार मत, कांग्रेसका केसीको अग्रता कायमै

लोकपथ
126
Shares
फाइल तस्बिर

नुवाकोट । नुवाकोट क्षेत्र नं २ मा ६ हजार ७ सय ६८ मतको गणना भएको छ ।

पछिल्लो गणना अनुसार नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । हाल नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले ३ हजार ३ सय ६४ मत प्राप्त गरेका छन् । यता नेकपा एमालेमा नारायण खतिवडाले १ हजार ६ सय ३८ मत प्राप्त गरेका छन् ।

यता तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन बिक्रम पाण्डेले बल्ल १ हजार मत कटाएका छन् । पछिल्लो मत परिणाम अनुसार पाण्डेले १ हजार १ सय १७ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?